मकवानपुरमा बस दुर्घटना, २२ जना घाइते
नेपालखोज
२०७७ माघ १६ गते ११:२१
मकवानपुर । शुक्रबार बिहान मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा बस दुर्घटना भएको हो ।
धियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा ३० जना यात्रु थिए । घाइते २२ जनालाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया