जसले सन् २०२४ मा दर्शकको मन जिते
वर्ष २०२४ मा बलिउड अभिनेता – अभिनेत्रीहरूले विशेष रूपमा आफ्नो परफर्मेन्सका साथ आफ्नो योग्यता प्रमाणित गर्नमा ध्यान केन्द्रित गरे । उनिहरुको कडा परिश्रमले उनिहरुलाई आफ्नो सीमाभन्दा बाहिर जान र पर्दामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्यो । यो वर्ष उत्कृष्ट अभिनयले भरिएको थियो, जहाँ दर्शकले उत्कृष्ट चलचित्र मात्र नभई उत्कृष्ट परफर्मेन्सको पनि आनन्द उठाए ।
हेरौं २०२४ का केहि अविस्मरणीय प्रदर्शनहरू :
चन्दु च्याम्पियनका कार्तिक आर्यन
चन्दु च्याम्पियनमा कार्तिकले भारतको पहिलो प्याराओलम्पिक स्वर्ण पदक विजेता मुरलिकान्त पेटकरको भूमिका निर्वाह गरेका थिए जसमा उनले आफ्नो करियरको उत्कृष्ट प्रदर्शन दिए । उनले यो चरित्रका लागि शारीरिक रूपमा आफूलाई पूर्ण रूपमा परिवर्तन गर्न कडा मेहनत गरे र आफ्नो प्रदर्शनबाट सबैको मन जिते ।
पुष्पा २: द रूलका अल्लु अर्जुन
अल्लु अर्जुन फेरि एक पटक आइकोनिक चरित्र पुष्पाराजका रूपमा पर्दामा फर्किए र यस पटक उनले सबै अपेक्षाभन्दा बढेर प्रदर्शन गरे । उनको क्रोधको शैली, स्टाइल , स्वाग र विस्फोटक एक्शन सिक्वेन्सले यो बहुप्रतिक्षित सिक्वेलको पुष्पाराज चरित्रलाई नयाँ स्तरमा पुर्यायो ।
स्त्री – २ मा श्रद्धा कपूर
श्रद्धाले ‘स्त्री – २’ मा उत्कृष्ट प्रदर्शन गरिन्। आफ्नो उत्कृष्ट प्रवेशदेखि आफ्नो बलियो अभिनयसम्म, उनले सजिलै दर्शकहरूको मन जितिन । यो फिल्मबाट उनी कीर्तिमानी सफलता हासिल गर्ने पहिलो महिला लीड एक्टर बनिन् ।
आर्टिकल ३७० की यामी गौतम
फिल्म ‘आर्टिकल ३७०’ मा एनआईए एजेन्टको भूमिका निर्वाह गर्दै यामीले आफ्नो अभिनयमा आवश्यक पर्ने गहिराइ र गम्भीरता देखाइन् । उनको बलियो प्रदर्शनले सम्पूर्ण फिल्ममा कब्जा गर्यो र दर्शक तथा समीक्षकहरूबाट पर्याप्त प्रशंसा प्राप्त भयो । यो फिल्मले यामीलाई ‘परफर्मर अफ द इयर’ बनायो र चलचित्रले यो वर्षको सबैभन्दा महत्वपूर्ण र प्रभावशाली फिल्मको हैसियत पनि पायो।
अमर सिंह चम्किलाका दिलजीत दोसाँझ
बायोग्राफिकल फिल्म ‘अमर सिंह चम्किला’ मा दिलजीत दोसांँझले संगीतकार अमरसिंह चम्किलाको भूमिका निर्वाह गरेका थिए। सधैं आफ्नो उत्कृष्ट गायनबाट सबैको मन जित्ने दिलजीतले यसपटक आफ्नो अभिनयबाट पनि उत्तिकै गहिरो प्रभाव छोडे। आफ्नो उत्कृष्ट परफर्मेन्सबाट उनले यो चरित्रका लागि आफूभन्दा राम्रो अरू कोही हुन नसक्ने कुरा समेत प्रमाणित गरे ।
सेक्टर ३६ का विक्रान्त मेसी
विक्रान्त मेसीले आफ्नो उत्कृष्ट अभिनयबाट सबैको मन जित्दै आएका थिए, तर उनले ‘सेक्टर ३६’ मा आफूलाई समेत पछाडि छोडे । एक साइको किलरको भुमिकामा उनले आफ्नो उत्कृष्ट बहुमुखी प्रतिभा देखाए र अर्को उत्कृष्ट परफर्मेन्स दिए।
सिंघम अगेनका रणवीर सिंह
रणवीर सिंहले ‘सिङ्घम अगेन’ मा सिम्बाका रूपमा पुनरागमन गरे र पावर प्याक प्रदर्शन दिए । यद्यपि यो फिल्म बहु-स्टारर थियो तर अरुको तुलनामा एक कदम अगाडि बढदै रणवीर आफ्नो उत्कृष्ट हास्य समय र शक्तिशाली उपस्थितिका साथ दर्शकहरूमा गहिरो छाप छोड्न सफल भए ।
प्रतिक्रिया