शनिबार, जेठ ५, २०८१

लागूऔषध ब्राउनसुगरसहित झापाबाट ३ जना पक्राउ

नेपालखोज २०७७ माघ २१ गते ११:५६

झापा । लागूऔषध ब्राउनसुगरसहित झापाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद सात हजार र मोबाईल २ थानसहित मंगलवार राति ८ बजे पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक भारत किशनगञ्जका ३० वर्षीय मो.आलम र २८ वर्षीय मदिउर रहमानलाई १० ग्राम लागूऔषध ब्राउनसुगर, भारतीय ९ हजार १७० रुपैयाँ, ५० ग्राम गाँजा र १ थान मोवायलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया