आगोमा जलेर ७ वर्षीय बालकको मृत्यु
नेपालखोज
२०७७ माघ २१ गते १२:११
![](https://www.nepalkhoj.com/wp-content/uploads/2020/09/636634098877962218-vclo-0819-sbfire.jpg)
खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका–४ का उत्तम मगरको घरमा आगलागी हुँदा ७ वर्षीय बालकको जलेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो ३ बजे मगरको घरमा अचानक आगलागी हुँदा उनको ७ वर्षीय छोराको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया