जमिनमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली बरामद
नेपालखोज
२०७७ माघ २२ गते १२:११

मोरङ । मोरङमा १८५ राउण्ड गोली बरामद भएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो ।
स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए ।
गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया