शनिबार, वैशाख २२, २०८१

तोडफोडमा संलग्न रहेको आरोपमा विराटनगरबाट ६ जना पक्राउ

नेपालखोज २०७७ माघ २२ गते १५:३५

मोरङ । प्रहरीले विराटनगरबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बन्द आह्वानका क्रममा विराटनगरमा भएको तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले गाडी तोडफोड गर्दैगर्दा प्रचण्ड–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियूका सह–इन्चार्ज उमेश ढुंगानालाई पक्राउ गरिएको जानकारी दिए ।

त्यसैगरि तोडफोडमा संलग्न सोही पक्षका कार्यकर्ता शारदा मैनाली, मिरा दाहाल, संगम चौधरी र चम्पा कार्कीलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी राईले दिए।

उनका अनुसार पक्राउ परेकाहरुले जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया