कोटेश्वरमा प्रहरी र बन्दकर्ताबीच झडप, अवस्था तनावग्रस्त

नेपालखोज २०७७ माघ २२ गते १५:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह र प्रहरीबीच काठमाडौंको कोटेश्वरमा झडप भएको छ ।

आमहड्ताललाई प्रभावकारी बनाउन सडकमा निस्किएका नेकपा कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका छन् । मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो ।

प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ । सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो ।

प्रतिक्रिया