चन्द्रागिरीमा हिउँ पर्यो
नेपालखोज
२०७७ माघ २४ गते १६:००
काठमाडौं । मौसम परिवर्तनको सँघारमा देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडौं उपत्यकासहित अधिकांश भागमा वर्षा भएको छ। काठमाडौंको चन्द्रागिरीमा पनि शनिबार दिउँसो हिउँ परेको छ ।
चन्द्रगिरी हिल्सले चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ । चन्द्रागिरी हिल्सले सार्वजनिक गरेको एक भिडियो क्लिपमा हिउँ परेपछि त्यहाँ मानिसहरु रमाइरहेको देखिन्छ ।
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् ।
सम्बन्धित
प्रतिक्रिया