ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपयुक्त विकल्प : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध सात दिन सडक ठप्प पार्नुपर्ने बताएका छन् ।
शनिबार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै धनकुटामा आयोजित विरोधसभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपयुक्त विकल्प रहेको बताएका हुन् ।
यसका लागि भट्टराईले संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दललाई आह्वान समेत गरेका छन् ।
‘कांग्रेस, नेकपा माधव–प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना ग-यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन् । ओलीको प्रतिक्रान्ति सच्याउने २०६२–०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन,’ उनले भने–‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं ।’

प्रतिक्रिया