प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनलाई व्यापक बनाऔं : देउवा
नेपालखोज
२०७७ माघ २५ गते १२:३३

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनलाई व्यापक बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।
कांग्रेसले शनिबार गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका हुन् ।
‘प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
‘फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु,’ उनले भनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया