अवैध लागूऔषधसहित पक्राउ
नेपालखोज
२०७७ माघ २६ गते १९:१२

झापा । अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका ७ गौरीगाउँबाट २ ग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका ६ मिनीमार्केट बस्ने २४ वर्षीय सुरज खडकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया