बिहीबार, माघ ३, २०८१

मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि

नेपालखोज २०७७ माघ २७ गते ११:४१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्यमा एक हजार ५ सय रुपयैयाँले वृद्धि भएको छ । सोमबार ९० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

Advertisement

महासंघका अनुसार चाँदीको मूल्य पनि मंगलबार बढेको छ । हिजो एक हजार ३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्यमा आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया