मंगलबार, असार १७, २०८२

पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

नेपालखोज २०७७ माघ २७ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।

हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ।

प्रतिक्रिया