आज विप्लवसहित चार पार्टीले संयुक्त मोर्चाको घोषणा गर्दै

नेपालखोज २०७७ माघ २९ गते १०:२२

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले आज संयुक्त मोर्चाको घोषणा गर्ने भएका छन् । अहिलेको संकटको निकासको विकल्पसहित मोर्चाको घोषणा गर्न लागिएको बुझिएको छ ।

मोर्चामा प्रतिबन्धित विप्लव समूहसँगै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा रहेका छन् ।

बिहीबार रणनीतिक संयुक्त मोर्चा घोषणा एवं मोर्चाको अवधारणापत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिकीकण गर्ने वैज्ञानिक समाजवादी पार्टीका नेता महावीर विश्वकर्माले जानकारी दिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा बिहीबार मध्याह्न साढे १२ बजे मोर्चाले संघर्षको कार्यक्रम घोषणा गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया