डिएसपी थापा राष्ट्रपतिद्वारा सम्मानित
नेपालखोज
२०७७ माघ ३० गते १२:२२

काठमाडौ । आफ्नो जिम्मेवारी निष्ठापूर्वक निभाएकाले डिएसपी मोहनकुमार थापा उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थापाले इमान्दार, लगनशील एवं दक्षतापुर्वक जिम्मेवारी निर्वाह गरी आयोगमा पुर्याएको योगदानको कदरस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कारबाट सम्मानित गरेकी हुन् ।
आख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाको योगदान को कदर गर्दै सो सम्मान दिएको हो । थापा कुनैपनि विवादमा नपरेका इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । हाल उनी अख्तियारमै कार्यरत छन् ।
सम्बन्धित

प्रतिक्रिया