टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा
नेपालखोज
२०७७ माघ ३० गते १५:४१

काठमाडौं । त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।अब आर्मीले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्नेछ ।
गण्डकी एपीएफलाई हराएर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
त्यस्तै, उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया