यमनमा २० लाख बालबालिका कुपोषणको चपेटामा

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने आकलन गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् । लामो समयदेखिको द्वन्द्वका कारण अति गरिव मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।
यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ । भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।
प्रतिक्रिया