आँखाको इसारामा कुरा हुँदा जब उसको याद आयो

नेपालखोज २०७७ फागुन १ गते १२:५२

उहाँले पनि आफ्नो हरेक कुरा हामीलाई भन्नुहुन्थ्यो । एकै छिनमा राजेश सरले सुटुक्क हाम्रो लागि भनेर पाउँ ल्याइदिनुभयो । त्यति नै खेर गेटमा बस आयो । सबै जना चढ्न लागे । हामी केटीहरुको टोली लाष्ट सिटमा गएर बस्यौं । त्यसपछि बसको चालक र सहचालक पनि आयो । तर, सहचालक अर्थात् खलासी हेर्दा बसको मालिक जस्तो देखिन्थ्यो । राम्रो लुगा लगाएको थियो । झट्ट हेर्दा ह्यान्डसम पनि थियो । गोरो अनुहार गोलो ओठ ठूला–ठूला आँखा मोहित पार्ने खालका थिए । लास्ट सिटमा बसेका हामीले खलाँसीलाई जिस्क्याउन उसको तारिफ गर्न लाग्यौं । सँगै बसेकी उमाले भनिहाली, खलासी न भन केटी हो पक्कै यो केटो बसको मालिक हुनुपर्छ । लुक्स हेर न लुक्स क्या खत्रा छ । मिल्ने भए आजै प्रपोज गर्दिन्थें । सबै जना हाँस्न लागे । के हेरेर बसेकी त । प्रपोज गर्न बोलाइदिम, मैले सोधे । उषाले पनि जिस्किँदै बोलाई हालिन, सुन्नु न क्याप लगाउने सर । उषाको स्वर ढोकामा बसिरहेको केटोले सुन्यो र फनक्क फर्कियो ।

उ हेरौं हेरौं केटीहरुको समूह फेरी हाँस्न लागे । त्यसपछि केटाले मिनेट मिनेटमा हेर्न लाग्यो । मलाई भने अब लाज लाग्न सुरु भयो । पछिल्लो समय खलाँसीले मलाई मात्र हेरेको भान भयो । म भने झ्यालबाट बाहिर हेर्न लागे । बस गुडिरहेको थियो । मलाई पनि उसले थाहा नपाउने चालमा फेरी हेर्न मन लाग्यो, र हेरें । उसले त अघिदेखि नै मलाई हेरिरहेको रहेछ । मैले पनि उसलाई थाहा नहोस् भन्ने हेतुले बसमा बजेको गीतमा ताल दिँदै तालि पिट्न लागे । घरिघरि खलासीले मलाई नै हेरेको मैले प्रष्ट थाहा पाइसकेकी थिए ।

अब चाहिँ उसलाई हेर्दिन भनेर सम्हाल्न खोजें तर अहँ आफूलाई सम्हाल्न सकिन । आँखा जुधेको जुध्यै भयो । बसको यात्रा आँखा जुधाइमै सकियो । उमेरको हिसाबले उ म भन्दा ७–८ वर्ष नै जेठो थियो होला । थानकोटको सिँढी उक्लँदा उ पनि हामीसँगै उक्लदै थियो । उक्लने क्रममा उ अल्झियो । अल्झिनुको एउटा कारण मतिर ध्यान पनि हुन सक्छ । मेरो साथीले उठाउनको लागि मद्दत गर्यो । उठ्ने क्रममा मुस्कुराउँदै धन्यवाद भन्यो । त्यसपछि साथिहरु उ सँग बोल्न थाले । हजुर कहाँ बाट हो नि, बनेपा । फेरी उ मुस्कुराउँदै म तीर हेर्दै सोध्न लाग्यो, तपाईहरुको नाम । मेरो नाम दिया र उसको नाम प्रगति । प्रगति के हो ? प्रगतिको थर श्रेष्ठ । अनि प्रगतिको मात्र सोध्ने मेरो चाहिँ सोध्नु पर्दैन, अँ भन्नुस् न । मेरो चाहिँ दिया दाहाल । कुरा गर्दा गर्दै सिढीको यात्रा सकिएको थियो ।

फेरी दियाले प्रश्नको प्रहार गरिन् । अब पालो तपाईको, ल भन्नुस् तपाईको नाम के हो ? समीर । राम्रो रैछ नाम । मनमनै मैले भनिदिए । हामी आ–आफ्नै धुनमा नास्ता गर्न लाग्दै थियौं । तर, जसरी मेरो आँखा उ माथि पर्यो मैले महशुस गरेँ दुवैको आँखा एकै ठाउँमा जुध्दै रैछ । मेरो जुत्ताको लेस फुस्किएको उसले आँखाको इसाराबाटै बतायो । म जुत्ता हेर्न लागे र लेस बाँध्न थाले । निहुँरिदा प्रितमले दिएको लकेट झुण्डियो । लकेट देख्दा मेरो मन र दिमाग मेरो डिम्पल मन पराउने हँसिलो प्रितममा गएर रोकियो ।

एकतर्फि प्रितमलाई मैले मात्र सम्झिएर हुने वाला केहि थिएन । याद त हो, न उसलाई भेट्न सकिन्थ्यो न मनमा भएको कुरा भन्न सकिन्थ्यो । भेट नहुने भएपनि प्रितमले मनको पाटोमा एउटा ठाउँ बनाएको थियो । सँधै पिकनिकमा रमााइलो गरिन्थ्यो । नाचिन्थ्यो, गाइन्थ्यो तर त्यसबेला मलाई केही गर्ने इच्छा भएन । खाना पछि सबै जना नाच्न गाउन लागे । म भने एकान्तमा गएर बसें । म एकान्तमा गएको देखेर समीर पनि त्यहिँ आयो । अनि सोध्न थाल्यो किन एक्लै ? यहाँ साथीहरु रमाइलो गर्दैछन्, तिमी पनि नाच्न जाउन । होइन मलाई मन छैन । खै के भयो आज मलाई केही गर्न मन छैन, मैले जवाफ दिए । समीर झन् खुलेर बोल्न लाग्यो । के भयो यति राम्रो मान्छेलाई ? यसमाथि यति राम्रो डिम्पल भएको मान्छे, यसरी उदास भएको सुहाउँदैन नि तिमीलाई । मलाई उसको चिप्लो कुरा मन परेन । र, सोधें कसरी थाहा पाउनुभयो म राम्री कि नराम्री ? भर्खर त देख्दै हुनुहुुन्छ । भर्खर होइन तिमीलाई मात्र हेरेको आज चार घण्टा भइसक्यो । बसका साथीसँग हाँसेर बोलेको रमाइलो गरेको मैले हेरिरहेको थिएँ । क्रमशः……

प्रतिक्रिया