ओलीमा प्रचण्ड प्रवृत्ति देखिए साथ छाड्न कुनै आइतबार चाहिन्नँ : लेखराज भट्ट

बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेका आरोप लगाएका छन् ।
शनिबार बुटवलमा पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको आयोजित राष्ट्रिय भेलामा बोल्दै नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य समेत रहेका भट्टले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए ।
त्यस्तै उनले पार्टी जोगाउनका लागि केपी ओलीलाई साथ दिएको भन्दै ओलीमा प्रचण्ड प्रवृत्ति देखिए ओलीको साथ छाड्ने बताए ।
‘वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लड्यौँ, त्यसक्रममा कैयौँले ज्यान गुमाए, अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो,’ उनले भने–‘त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो, यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ ।”

प्रतिक्रिया