शुक्रबार, वैशाख १४, २०८१

बिजनेसम्यानसंग दोस्रो विवाह गर्दै दीया मिर्जा

नेपालखोज २०७७ फागुन १ गते १९:५६

मुम्बई । बलिउड अभिनेत्री दीया मिर्जा दोस्रो पटक वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । यसअघि साहिल सांगासंगको वैवाहिक जीवन टुटेपछि अभिनेत्री मिर्जाले यही सोमबार दोस्रो वैवाहिक जीवन प्रारम्भ गर्न लागेकी हुन् ।

भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्यामा अभिनेत्री मिर्जाले आफूले विवाह गर्न लागेको जानकारी सार्वजनिक गरेकी हुन् । यही १५ फेब्रुअरीका दिन दीया मिर्जाले मुम्बईका बिजनेसम्यान वैभव रेखीसंग विवाह गर्न लागेकी हुन् ।

विवाहको केही दिन अघिमात्र अभिनेत्री मिर्जाले आफ्ना प्रशंसकहरुलाई विवाहका बारेमा जानकारी दिएकी हुन् । एउटा समाचारमा जनाइए अनुसार दीपा र वैभवको विवाह निकै सादगीपूर्ण तरिकाले सम्पन्न हुने बताइएको
छ ।

उनीहरुको वैवाहिक समारोहमा नजिकका मित्र तथा परिवारका सदस्यहरु मात्र सहभागि हुनेछन् । दीया र वैभव पछिल्लो एक वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
वैभवका बारेमा अहिलेसम्म पूर्ण जानकारी सार्वजनिक भएको छैन । यसअघि दीयाले सन् २०१९ को अगष्ट महिनामा पहिलो श्रीमान् साहिल सांगासंग डिभोर्स गरेको समाचार सार्वजनिक भएको थियो ।

उनले नै सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत साहिलसंगको सम्बन्ध टुटेको जानकारी गराएकी थिइन् । दीया र साहिलको विवाहको सन् २०१४ को अक्टोबरमा भएको थियो । पाँच वर्षको वैवाहिक जीवनपछि दुबैबीच आपसी सहमति मै डिभोर्स भएको हो ।

प्रतिक्रिया