‘भागरथी र निर्मला हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि छोडिने छैन’

नेपालखोज २०७७ फागुन १ गते २०:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीकी भागरथी भट्ट र कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि नछाड्ने बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवालमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशिल रहेको र अब उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।

‘हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,’ प्रधानमन्त्री ओलीले भने–‘तपाईहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गएपनि छोडिने छैन ।’

अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया