पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा इलाममा १, उदयपुरमा २, धनकुटामा १, मोरङमा ३, रौतहटमा १, काठमाडौंमा ४७, भक्तपुरमा २, मकवानपुरका १, र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् ।
यस्तै कास्कीमा २५, गोरखामा १, तनहुँमा १, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, कपिलवस्तुमा १, दाङमा १, पाल्पामा १, तथा सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१ जनामा संक्रमण थपिएका छन् ।
मन्त्रालयका अनुसार आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।
गत २४ घण्टामा ३ हजार ५०१ पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन् । हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया