शुक्रबार, वैशाख १२, २०८२

आफूले लद्दाखमा बनाएको हेलिप्याड भत्काउँदै चीन

नेपालखोज २०७७ फागुन ४ गते १०:३६


काठमाडौं । दस फेब्रुवरीमा भारत चीनबीच सीमा समस्याको लागि वार्ता भएपछि चीनले पूर्वी लद्दाखस्थित भारतसँगको सीमा एलएसीमा तयार गरेको हेलीप्याड नष्ट गरेको छ।

बीबीसी हिन्दीले जनाए अनुसार वास्तविक नियन्त्रण रेखानजिकै फिंगर फाइफमा बनाएको संरचना चीनले भत्काएको हो।
गत वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अन्य संरचना बनाएको खबर टाइम्स अफ इन्डियाले जनाएको थियो। साथै, चीनले सो क्षेत्रमा अस्थायी किल्ला समेत तयार गरिसकेको थियो ।

फेब्रुवरीको दोस्रो हप्ता भारतसँग विवाद साम्य पार्ने सहमति भएपछि चीनले यी संरचना नष्ट गर्न थालेको बिबिसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया