शनिबार, जेठ ५, २०८१

धनुषामा एक महिला मृत अवस्थामा फेला, श्रीमान फरार

नेपालखोज २०७७ फागुन ४ गते १२:५३

जनकपुरधाम । धनुषामा एक महिला मृत अवस्थामा फेला परेही छन् । धनुषाको कमला नगरपालिका–२ माचिझिटकैयामा मंगलबार अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाका अनुसार राउत बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको हो । मृतक महिलाको घाँटीमा निलडाम रहेको प्रहरीले जनाएको छ ।

मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए ।

मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने प्रहरी निरीक्षक रोकायाले बताए । साथै फरार भएका उनका पतिको पनि खोजी भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया