६ महिना पछि सर्यो कांग्रेस महाधिवेशन

नेपालखोज २०७७ फागुन ४ गते १५:३४


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद फेरि ६ महिना थप गरेको छ । यो निर्णय महाधिवेशन मिति सार्ने तयारी हो । कांग्रेसले फागुन ७ देखि १० सम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी गत २२ असारमा निर्णय गरेको थियो । विश्वव्यापी कोरोना संक्रमणका कारण महाधिवेशन कार्यतालिका सुरुदेखि हुने संभावना थिएन । यो तेस्रोपटक थपिएको समयावधि हो ।

कांग्रेसको विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने हुन्छ । विपरित परिस्थिति उत्पन्न हुँदा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने विधानमा उल्लेख छ ।

प्रतिक्रिया