भारतले कोरोना महामारीबारे नेपाललगायतका छिमेकी मुलुकसँग छलफल गर्ने

नेपालखोज २०७७ फागुन ५ गते १०:२९

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप र महामारीलगायत अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा नेपाललगायतका छिमेकी मुलुकहरुसँग छलफल गर्ने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् ।

बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन ।

भारतले नेपाललगायतका छिमेकी मुलुकहरुलाई अनुदानमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

प्रतिक्रिया