‘हाम्रो खाना घर’मा पाइन्छ ६५ रुपैयाँमा पेटभरी खाना
नेपालखोज
२०७७ फागुन ५ गते १३:४४

काठमाडौं । अनामनगरमा नयाँ रेष्टुरेन्ट ‘हाम्रो खाना घर’मा ६५ रुपैयाँमा पेटभरी खाना खान पाइन्छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा समस्यामा परेका मानिसलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
हाम्रो टीम नेपालले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलेको हो । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
हाम्रो टीम नेपालले गतवर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया