ओली सरकारको पतन टाढा छैन : गगन थापा

नेपालखोज २०७७ फागुन ५ गते १४:१०

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै हिंसा कायरहरूको हतियार भएको बताएका छन् ।

निषेध र आक्रमणको शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको बताए । उनले भने, ‘वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन धेरै टाढा छैन ।’

प्रतिक्रिया