खुलामञ्चलाई खुला गर्ने अभियान : यस्तो छ डोजर चलेपछिको खुलामञ्च

नेपालखोज २०७७ फागुन ५ गते १५:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार बिहान खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको छ । खुलामञ्चलाई खुला गर्ने अभियान थालेको महानगरपालिकाले बुधबार बिहान डोजर लगाएर टहराहरु भत्काएको हो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।

खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर, अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै पछिल्लो समय सरकारको चर्को आलोचना भएको थियो ।

खुलामञ्चमा चल्यो डोजर

प्रतिक्रिया