प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : एमिकस क्युरीका सदस्य मैनाली

नेपालखोज २०७७ फागुन ५ गते १७:००

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका सदस्यले राय दिइरहेका छन् ।

बुधवार राय दिने एमिकस क्युरीका सदस्य सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने बताएका छन् । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको दाबी गरेका छन् ।

एमिकस क्युरीका सदस्य मैनालीले अहिले नेपालले संसदीय प्रणाली अपनाएको र यो प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको बताए । मैनालीले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण दिए ।

तर मैनालीलाई न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोधेका छन । प्रधानले विगतका नजिर हेर्दा अहिलेको संविधानलाई न्याय हुन्छ कि हुँदैन ? भनेर पनि प्रश्न सोधेका छन् ।

प्रतिक्रिया