मानव साङ्लो बनाएर टूँडिखेल घेर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) मानव साङ्लो बनाएर टूँडिखेल घेराउ गर्दैछ ।
बुधबारदेखि चौथो चरणको आन्दोलन थालेको यस समूहले प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टासम्म मानव साङ्लो बनाएर टूँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टूँडिखेल घेर्नका लागि प्रचण्ड–नेपाल समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।
मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्ककोआकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरु रहने छन् ।
सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको स्थानमा पुगिसक्न निर्देशन दिइएको प्रचण्ड–नेपाल समूहले जनाएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजासहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

प्रतिक्रिया