शुक्रबार, असार २०, २०८२

ताप्लेजुङ आगलागीमा ६९ लाखभन्दा बढीको क्षति

नेपालखोज २०७८ फागुन २८ गते १५:४४
tfKn]h’ª ;b/d’sfddf cfunfuL tfKn]h’ª, @& kmfu’gM tfKn]h’ª ;b/d’sfd km’ªlnªl:yt sf]Kr] ahf/sf] Ps 3/df z’qmaf/ laxfg ePsf] cfunfuL . cfunfuLn] :yfgLo /jLGb|l;+x cfª\a’xfªsf] 3/ k”0f{ ?kdf hn]/ gi6 ePsf] 5 eg] :yfgLojf;L, ;’/IffsdL{nufotn] cfuf] lgoGq0fsf] k|of; ul//x]sf 5g\ . tl:a/ ;f}hGoM ;ld{nf nfdf÷/f;;

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।

ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले जानकारी दिए ।

शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया