प्रचण्ड-नेपाल समूहद्वारा टूँडिखेल घेराउ
नेपालखोज
२०७७ फागुन ६ गते १६:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज मानव साङ्लो बनाएर टूँडिखेल घेराउ गरिरहेका छन् । बुधबारदेखि चौथो चरणको आन्दोलन थालेको यस समूहले प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टासम्म मानव साङ्लो बनाएर टूँडिखेल घेराउ गर्न लागेका हुन् ।
मानव साङ्लो बनाएर टूँडिखेल घेर्नका लागि प्रचण्ड–नेपाल समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।
प्रदर्शनमा अनेरास्ववियु, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनको समेत सहभागिता रहेको छ ।
उनीहरूले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’ लिएर प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया