उल्भ्सले गर्यो लिड्स युनाइटेडलाई पराजित
नेपालखोज
२०७७ फागुन ८ गते १२:२०

काठमाडौं । इङलिस प्रिमियर लिगको २५औँ चरणका खेलमा आज बिहान सम्पन्न खेलमा लिड्स युनाइटेड उल्भ्ससँग पराजित भएको छ ।
उल्भ्सको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्स युनाइटेड ० र १ गोलले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा खेलेको उल्भ्सले दोस्रो हाफको ६४औँ मिनेटमा आलान मिसलियरले गोल गरी खेललाई अग्रता दिलाए । यो जितसँगै उल्भ्स लिड्स अंक तालिकामा ११ औँ स्थानमा उक्लिएको हो ।
सम्बन्धित
प्रतिक्रिया