‘प्रतिगमन’लाई नारायणहिटी अगाडि जुत्ता प्रहार !

नेपालखोज २०७७ फागुन १० गते १६:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह नेतृत्वको निकट विद्यार्थी संगठन अनेरास्ववियसले काठमाडौंको नारायणहिटी दरबार अगाडि ‘प्रतिगमन’लाई जुत्ता हानेका हुन् ।

सोमबार दिउँसो नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई प्रतिकात्मक रुपमा जुत्ता प्रहार गरेका हुन् । प्रतिगमनको प्रतीक बनाई विद्यार्थीले जुत्ता प्रहार गरेका थिए।

कार्यक्रममा उपस्थित विद्यार्थीले प्रधानमन्त्रीविरुद्ध नराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया