चितुवाको छाला सहित ३ जना पक्राउ
नेपालखोज
२०७७ फागुन १० गते १७:४४

बाँकें । राप्तीसोनारी गाँउपालिका १ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका ३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका(७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका(३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।
चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया