शुक्रबार, चैत १६, २०८०

सुनको मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७७ फागुन १२ गते ११:१९

काठमाडौं । मंगलबार ११ सयले बढेको सुनको मूल्य बुधबार भने घटेको छ ।

नेपाल बजारमा बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ८९ हजार छ सय ५० रुपैयाँ थियो ।

यस्तै चाँदी तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया