बालुवाटारमा ओली समूहको स्थायी समिति बैठक सुरु, पत्रकारलाई प्रवेश निषेध
नेपालखोज
२०७७ फागुन १२ गते ११:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको पछिल्लो अवस्थाबारे छलफल गर्न स्थायी समिति बैठक बोलाएका हुन् ।
बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन् । बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।
गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया