बीडिभिजन लिगमा बाँसबारी र श्री कुमारी क्लब विजयी
नेपालखोज
२०७७ फागुन १२ गते २०:२०

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बुधवार बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा बाँसबारीले टुसाललाई तीन–एक गोलले हरायो । बाँसबारीका लागि भीष्मराज घिमिरेले दुई र अनिल गुरुङले एक गोल गरे । टुसालका सुनिल धामीले एक गोल फर्काए ।
अर्को खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई चार–एक गोलले हराएको छ । कुमारीका लागि चारै गोल आशिष राईले गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया