बिहीबार, चैत १५, २०८०

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

नेपालखोज २०७७ फागुन १५ गते ८:१५

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहा मौसम सफा रहेको छ । तराइका केही स्थानमा हल्का कुहिरो हुस्सु लागेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

त्यस्तै विभागले पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको बताएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया