शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने
नेपालखोज
२०७७ फागुन १५ गते ९:२६

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।
यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया