शुक्रबार, वैशाख ७, २०८१

११ करोड ऋणमा गौतम बुद्ध रंगशाला, हालसम्मको खर्च र आम्दानी सार्वजनिक

नेपालखोज २०७७ फागुन १७ गते २१:२५

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको खर्च र आम्दानी सार्वजनिक गरिएको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले आफ्नो खर्च र आम्दानी सार्वजनिक गरेको छ ।

हाल सम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ४३ करोड खर्च हुँदा ३२ करोड ३० लाख २४ हजार संकलन भएको छ । फाउन्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको छ । ऋणको कारण अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको फाउन्डेसनले जनाएको छ ।

रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशत संकलन भएको छ । मुख्य क्रिकेट खेल मैदानको ८५ प्रतिशतक काम सम्पन्न भई सकेको छ । प्याराफिटतर्फ काम ३० प्रशितक सकिएको फाउन्डेसनले जनाएको छ ।

रंगशालाभित्र ७ प्रदेश ७७ जिल्लाको पहिचान झल्किने छुट्टाछुट्टै कक्षहरु निर्माण गरी राष्ट्रको पहिचान र गौरवलाई अझ फराकिलो बनाउने अभियानलाई पूर्णता दिन देश र विदेशमा रहेकाहरुबाट रकम संकलन गर्न हाम्रो रंगशालामा मेरो कुर्सी अभियान सञ्चालन गरिएको छ।

रगंशाला निर्माण अभियानमा जोडिनका लागि हाम्रो रगंशालामा मेरो कुर्सी अभियानमा पनि जोडिन सकिनेछ । अभियानअन्तर्गत व्यक्ति, संस्था, समूहले आफ्नो नाममा वा परिवारको नाम कुर्सीमा लेखाउन सकिने फाउण्डेसनले जनाएको छ ।

त्यसका लागि १ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । भीआइपी कक्षका लागि पनि व्यापारिक प्रतिष्ठानले आफ्नो छुट्टै स्थान बनाउन सक्नेछन् ।

करिब ३० हजार प्यारापिट रहने रगंशालामा त्यसबाहेक मेरो कुर्सी अभियानमा जोडिनका लागि आफ्नो जिल्लाको छुट्टै कक्ष निमार्ण गरिनेछ । हाम्रो रंगशालामा मेरो कुर्सी अभियानबाट रगंशाला निमार्णका लागि ३ अर्ब सकंलन हुने आशा गरिएको फाउण्डेसनले उल्लेख गरेको छ ।

प्रतिक्रिया