एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा हुने
नेपालखोज
२०७७ फागुन १७ गते २१:३२

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । कोरोना महामारीका कारण गतवर्ष स्थगित भएको प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको हो ।
इपिएल आयोजकले आगामी असोज ९ गतेदेखि २३ गते सम्म प्रतियोगिता हुने मिति सार्वजनिक गरेका छन् । क्रिकेट एशोसियसन नेपाल (क्यान)ले इपिएल आयोजना गर्न सो मिति अनुमोदन गरेको इपिएलले जनाएको छ ।
गत वर्ष चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । गतवर्ष वेस्टइन्डिजका क्रिस गेलसहितका खेलाडीहरुसँग अनुबन्धन गरिएपनि प्रतियोगिता स्थगित भएपछि उनीहरु आउने कार्यक्रम स्थगित भएको थियो ।
यसपटक विदेशी खेलाडीहरुका बारेमा भने आयोजकले आगामी दिनमा जानकारी गराउने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया