काठमाडौं मयर्स कपको खेल तालिका सार्वजनिक
नेपालखोज
२०७७ फागुन १८ गते १६:२७

काठमाडौं । फागुन २२ गतेदेखि हुने काठमाडौं मेयर्स कप, २०७७ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । टियुमा आर्मी र एपिएफ आमनेसामने हुनेछन् भने मुलपानीमा हुने प्रतियोगितामा नेपाल पुलिस र बागमती प्रदेश भड्नेछन् । प्रतियोगिताका ४ खेल मुलपानी र ७ खेल टुयु मैदानमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया