शुक्रबार, वैशाख १४, २०८१

अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार

नेपालखोज २०७७ फागुन २१ गते १४:३६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको छ । कडा सुरक्षाबीच रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको हो । कार्यक्रम स्थलमा स्थानीयले बिहानैदेखि नाराबाजी गरिरहेका छन्।

आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले पौडेलको गाडीमाथि ढुंगा प्रहार गरेका हुन् । अहिले कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

स्थानीयको विरोधका बीच अर्थमन्त्री पौडेलले औद्यागिक क्षेत्र शिलान्यास गरेका छन् । यसअघि बिहीबार औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च स्थानीय असन्तुष्ट पक्षले भत्काइ दिएका थिए ।

औद्योगिक क्षेत्र बनाउनुअघि स्थानीयको समस्या समाधान गर्न उनीहरुले माग गर्दै आएका थिए । आजै अर्थमन्त्री पौडेलले डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन् ।

प्रतिक्रिया