हेमन्तप्रकाश ओली भेट्न नख्खु कारागार पुगे विप्लव

नेपालखोज २०७७ फागुन २२ गते १६:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारागार पुगेका छन् । महासचिव विप्लव हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

बिहीबार सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् । साथै कारागारमा रहेका अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि उनीहरुले भेट गरेका छन् ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई २०७५ चैतमा काभ्रेबाट पक्राउ गरिएको थियो । ओली पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया