सरकार ढाल्न कांग्रेस कहाँ जानेलाई ठेगान लगाउने ओलीको चेतावनी

नेपालखोज २०७७ फागुन २२ गते १८:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न कांग्रेस कहाँ जानेलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

शनिबार मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याएर बटम खोल्दै वाग्मती नदीमा झारेपछि उनले भने, “यस्तो राम्रो काम गरेको सरकार ढाल्नका लागि हाम्रै केही मान्छे कांग्रेस कहाँ निवेदन हाल्न गएका छन् । दुईजना ! केपी ओलीको सरकार ढाल्न नेतृत्व लिइदिन पर्‍यो भन्दै गएका छन् । यो जनताको आदेश हो रु जनताले आदेश दिएको त्यसैगरी हो ? विधि पद्धतीका कुरा गर्छन् । झुटा र नक्कली कुरासँग हामी डराउदैनौँ । हामी ठेगान लगाइहाल्छौँ ।”

त्यस्तै उनले मेलम्ची खोलाको पानी सुरुङमार्फत वाग्मती नदीमा झारेपछि उत्साहित हुँदै ुयी लड्डु यस्तोमा खानुपर्छु भन्दै कटाक्ष गरेका हुन् । मेलम्ची सपनाको उठान हुँदा आफ्नो कपाल कालै रहेका र अहिले सेतै हुँदा पानी आएको भन्दै उनले खुसी व्यक्त गरे । उनले मेलम्ची पानी वाग्मती नदीमा खस्नु आफ्नो कार्यकालको ठूलो सफलता भएको पनि दावी गरे ।

दश दिनको अन्तरालमा ठूल्ठूला शिलान्यास चलेको भन्दै उनले पछिल्लो समय काम गर्न दिएनन् भनेर गुनासो गर्ने अवस्था पनि नरहेको बताए ।

प्रतिक्रिया