शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले लगाए कोरोनाको खोप

नेपालखोज २०७७ फागुन २३ गते ११:५९

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले कोरोना खोप लगाएका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।

यस्तै,प्रधानमन्त्री ओलीले आइतबारदेखि मुलुकभर दोस्रो चरणको खोप अभियान पनि उद्घाटन गरेका छन् । दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

प्रतिक्रिया