मंगलबार, वैशाख ११, २०८१

श्रोत नखुलेको रकम सहित पक्राउ

नेपालखोज २०७७ फागुन २४ गते १८:२६

सप्तरी । श्रोत नखुलेको २ लाख ९६ हजार रुपैयाँ सहित हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्ने ३२ बर्षीय मनोज कुमार नायक पक्राउ परेका छन् । राजबिराज नगरपालिका–४ स्थित सडकबाट नायक पक्राउ परेका हुन् ।

स.३ प ९५२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक नायकलाई उक्त रकम र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया