शुक्रबार, वैशाख १४, २०८१

जसपा संसदीय दलको बैठक आज बस्दै

नेपालखोज २०७७ फागुन २५ गते १०:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ ।

मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा वर्तमान राजनीतिक परिवेशबारे छलफल हुने जनाइएको छ ।
सर्वोच्च अदालतको फैसलासँगै नेकपा एकता बदर भइ एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि जसपा अबको सत्ता समीकरणमा संसद्को चौथो शक्तिका रुपमा निर्णायक बन्ने देखिएको छ ।

यसअघि नेकपा नफुटेको अवस्थामा सत्ता समिकरणको कुरा अस्पष्ट हुने बताउँदै आएको जसपाले संसदीय दलको बैठकमा अबको रणनीतिबारे छलफल गर्ने छ ।

प्रतिक्रिया